दफा ४१
डिबेञ्चर ट्रष्टीलाई डिबेञ्चरवालाको अधिकार हुने
(१) डिबेञ्चर उठाउने कम्पनी विघटन भएमा
वा अन्य कुनै कारणले त्यस्तो कम्पनी दामासाहीमा परेमा डिबेञ्चर ट्रष्टीले डिबेञ्चरवालाको
तर्फबाट प्रतिनिधित्व गर्नेछ ।
(२) डिबेञ्चरवालाको साँवा ब्याज फिर्ताको लागि वा अन्य कुनै कारणबाट
डिबेञ्चरवालाको तर्फबाट मुद्दा गर्नु पर्ने अवस्था परेमा डिबेञ्चर ट्रष्टीलाई डिबेञ्चरवालाको
तर्फबाट मुद्दा गर्ने अधिकार हुनेछ ।